क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लियर जेट ३५ ए विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार वटा शव फेला पारेका छन् ।

विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ । सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको एनबिसी सानडिएगोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार