महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ

एजेन्सी । भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो । कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्रशंसा गरेका थिए।

गान्धीलाई उनले गाली गरेको भिडिओ पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको थियो।उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीमा उजुरी परेपछि कालीचरणले ठेगाना बदल्दै हिँडेका थिए। प्रहरीले उनलाई पक्रन तीन प्रहरी टोली खटाएको थियो।उनलाई आजै रायपुरको अदालतमा पेस गर्ने तयारी भइरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार