सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ : पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिनुभएको छ । विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पौडेलले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन’, सुझाव पेश गर्दै पौडेलको भनाइ छ । त्यस्तै उहाँले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवस्यकता समेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समुहका सदस्यहरुले राखेको बताउनुभयो । ‘२९९ सदस्यीय केन्द्रीय समितिबारे प्रस्ट्याउनु जरुरी छ ।

किनकी तदर्थवादी मानसिकताबाट हाम्रो पार्टी चल्नु हुदैन’, पौडेलले पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने सुझाव आएको बताउनुभयो । साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने बताउनुभयो । उहाँले पुर्ण समानुपातिकका जानुपर्ने र पदाधिकारीहरूको काम कर्तव्य र अधिकार विधानमै लेखिनुपर्ने सुझाव आएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार