सर्लाहीका वडाध्यक्षसहित तीनविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। शुक्रबार अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा ईश्वरपुर नगरपालिका–११

का वडाध्यक्ष राम दुलार साहसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो। उनीसँगै वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरूद्ध पनि भ्रष्टाचार गरेको आरोप छ। वडाध्यक्षसहित तीन जनाले भलुवाई सडकमा ढलान गरेपछि उपभोक्ता समितिलाई काम सम्पन्न सिफारिस गरेबापत एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो।

सो सूचना पाएपछि बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडासदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक २९ गते पक्राउ गरेको थियो। अनुसन्धानबाट वडाध्यक्ष साहले पनि घुस मागेको भन्ने पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार