समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा भुसाल

बेनी ।समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री” निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिवमा सुपना विश्वकर्मा, सह सचिवमा सुनिल दामल, कोषाध्यक्षमा विमला परियार र सदस्यहरुमा क्रमशः नविना बानियाँ, मनिषा किसान, प्रदिप खत्री, मन्जु परियार, सुजन रत्न चयन भएका छन् ।

त्यसैगरी संगठनको सल्लाहकार सदस्यमा डा. होमनाथ बरुवाल र हेमराज सुवेदी चयन हुनुभएको संगठनकी सचिव सुपना विश्वकर्माले बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा भएको एकीकृत समाजवादीको वृहत् भेलाले आज आफूनिकट पाँच भातृ संगठन गठन गर्ने क्रममा समाजवादी प्रेस संगठन गठन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार