आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार

काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । पुस ११ गतेदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

नेकपा माओवादी केन्द्रको आग्रहमा आजको बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जनाएको छ । बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्म बस्ने संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार