म्याग्दीे जेसिजको अध्यक्षमा खत्री

म्याग्दी । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनी स्थित जेसिज कार्यालयमा भएको २२ औं बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका सदस्य खम थापा मगरले बताउनुभयो ।अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने जेसिजका पुर्व अध्यक्ष, २०२१ का कार्यसमिति लगायत सदस्यहरुलाई नर्वनिर्वाचित अध्यक्ष खत्रीले धन्यवाद दिनुभएको छ।

उपाध्यक्ष दिनेश बानियाँ, कुमार बानियाँ, उपाध्यक्षमा नवीन खत्री, जेसि सज्जन श्रेष्ठ ,अनिल पौडेल र बिनोद घर्ती ,कानुनी सल्लाहकारमा सुजन बरुवाल, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा हरि भण्डारी ,महासचिब बिस्मा श्रेष्ठ, कोषाध्यक्षमा सुमन बानियाँ, शाखा सम्पादकमा दिनेश कुमार विश्वकर्मा, सहसचिबमा सुनिता श्रेष्ठ , सहकोषाध्यक्षमा सुप्रिया केसी , थिम डाइरेक्टरमा लोकनाथ भट्टराई र तालिम आयुक्तमा कृष्ण प्रसाद पौडेल रहनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार