दल दर्ता गर्न रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा

काठमाडौँ । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुग्नुभएको छ । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।

यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित हुनुभएको थियो । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उहाँले छुट्टै पार्टी खोल्न लाग्नुभएको हो । उहाँले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्नुभएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार