राष्ट्रियसभाका उम्मेदवारमा राजेश विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो ।

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुनुहुन्छ । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत हुनुभएको थियो । रुपन्देहीका विश्वकर्मा जनमोर्चाका नेता हुनुहुन्छ । उहाँ प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार