अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुन्छ : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खास नीति र संरचनाबाहेकका अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुने बताउनुभएको छ ।

सोमबार प्रदेश १ को प्रदेश लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश लोकसेवा आयोग कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकेन्द्रीकरणलाई नै संघीयताको रुपमा बुझ्ने गरिएकोले त्यसलाई सुधार्नुपर्ने बताउनुभयो। ‘‘जेसुकै भएर पनि मुलुक संघीयतामा गइसकेपछि कार्यन्वयन गर्ने ठाउँमा बसेकाहरूको फरक–फरक बुझाइ कारणले अभ्यासहरू मिलेका छैनन्’ मुख्यमन्त्री राईले भन्नुभयो ।

मुख्यमन्त्री राईले संघीयताको अभ्यासमा अहिले जे कुरा अभ्यासमा आइरहेको छ, त्यो गलत भइरहेको पनि बताउनुभयो। संघीयतामा पूर्ण रुपमा माथिको अधिकार तल पठाउने मात्रै नभई खास–खास अधिकारहरू पूर्ण रुपमा प्रदेशमा हस्तान्तरण्त गर्ने प्रणाली भएको उहाँको दाबी छ । संघीयतालाई बलियो बनाउन शासन प्रशासनको अधिकार र विकासको अधिकार पनि तल हस्तान्तरण गरिनु पर्ने उहाँले जोड दिनुभयो । विकासका काममा जस्तै कानुन निर्माणमा पनि माथिबाटै आश्रित भएर अघि बढ्नुपर्ने अवस्थाले प्रदेश सरकारहरू चुस्त रुपमा अघि बढ्न नसकेको मुख्यमन्त्री राईको भनाई छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार