कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो । बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ ।

प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार