म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ ।

सदस्यहरूमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, क्याःमिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउ प्रसाद छन्त्याल चयन हुनुभएको छ ।

पदाधिकारीको चयन संचालक समितिको पहिलो वैठकबाट निर्णय गरिने व्यवस्था भएपनि सहमतिका आधारमा उक्त निर्णय गरिएको जनाइएको छ । संचालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रहने विधानमा व्यवस्था भएको क्याम्पस प्रमुख गोरखबहादुर जिसिले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार