विवेकशील साझा विवाद : सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष

काठमाडौँ । विवकेशील साझा पार्टीबाट निष्कासित तत्कालील संयोजक मिलन पाण्डे पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।

विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रविन्द्र मिश्रलाई दिएको निर्वाचन आयोगलाई यस विषयमा पुनरावलोकन गर्न भन्दै पाण्डेले निवेदन दिनुभएको थियो । तर, आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जबाफ दिएपछि पाण्डे पक्ष सर्वोच्च अदालत जाने भएको हो । पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै आफूहरु यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिनुभएको हो ।

‘पार्टीको विधानविपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो,’ विज्ञप्तिमा भनिएको छ,’त्यो बैठकको वैधानिकता उपर उजुरी दिँदासमेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियो ? अदालतमा आयोगले जबाफ दिनुपर्ने छ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार