
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले बतास समूहसँग आफ्नो नाम जोडिएपछि स्पष्टीकरण दिनुभएको छ । सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उहाँले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिनुभएको छ ।
आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको उहाँले दावी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ – ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’ नागरिक खबरबाट