खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।

टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् । अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचारु हुन थालेको त्रिभूवन विमानस्थल (टीआईए) का प्रवक्ता टेकनाथ सिटौंलाले  जानकारी दिनुभयो ।

यद्यपि, तत्तत् गन्तव्यहरुमा जाने कति उडान प्रभावित भएको भन्ने हालसम्म जानकारी नआएको उहाँले बताउनुभयो । तर, यता अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार