करिडोर निर्माणको काम रोक्न माग गर्दै नाराबाजी

रुपन्देही । रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गर्नुभएको थियो ।

अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगरपालिका अगाडि स्थानीयले नाराबाजी गर्नुभएको हो। करिडोर क्षेत्रभित्रका घर–टहरा तथा जग्गाका समस्याहरु समाधान नगरी निमार्ण काम गर्न नहुदै भन्दै आन्दोलनमा आएको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताउनुभयो । दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयहरुले बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि नाराबाजी गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।बुटवल उपमहानगरको महत्वाकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अवरोध सिर्जना गर्न थालेपछि रोकिने अवस्थामा पुगेको छ । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको भन्दै विकासको काम रोक्न नमिल्ने बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार