सेनाको एकीकरण पदयात्रा

नुवाकोट । नेपाली सेनाले सातदिने एकीकरण पदयात्रा सुरु गरेको छ । ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले एकीकरण पदयात्रा थालेको हो ।

सात दिने पदयात्रा पुस २१ गतेबाट गोरखाबाट सुरु भएको थियो । पदयात्रा मार्गमा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना ५ वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ नेपाली सेनाको रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित हिँडेको टोलीले धादिङ हुँदै नुवाकोटको साततले दरबार, ककनी हुँदै सोमबार नुवाकोट र काठमाडौं सिमाना पाँचमाने पुगेको छ ।

मध्य कमाण्ड हेडक्‍वार्टरका सेनापति उपरथी बाबुराम श्रेष्ठले पदयात्राको सुरुवात गरेका थिए । गोरखाबाट सुरु भएको पदयात्रा धादिङमा तैनाथ फौजलाई, धादिङको फौजले नुवाकोटको फौजलाई, नुवाकोटको फौजले नागार्जुनमा तैनाथ रहेको फौजलाई सोमबार दिएपछि हनुमानढोकामा तैनाथ नेपाली सेनाको फौजलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

पदयात्रा यही पुस २७ गते जंगी अड्डामा आयोजना हुने ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाल एकीकरणको समयमा गोर्खाली सेनाले प्रयोग गरेकै पदमार्गलाई प्रयोग गरेर सेनाले केही वर्षदेखि पदयात्रा गर्दै आएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार