पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुनेमा जोड दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले पृथ्वीनारायण ‘इतिहासको आवश्यकता र आकस्मिकताका उपज’ भएको बताउनुभएको छ ।

‘पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ ! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रिकरण भएर नै पछि पुँजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रिकृत राज्यलाई संघीय पुनःसंरचना गर्नैपर्छ भन्ने बुझौँ । चुरो कुरो यो हो,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार