पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहान ११ बजे सिंहदरबारको पश्चिम गेट भद्रकालीस्थित शालिकमा माल्यार्पण गर्नुभएको हो ।

माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थियो । नेपाली सेनाले पृथ्वी जयन्त तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष सम्मान प्रस्तुत गरेको थियो । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जयन्तीका अवसरमा नेपाल सरकारले एकता दिवस मनाउँदै आएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार