सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।

न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । ​प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा बैठकमा बस्नेरनबस्ने टुंगो लागेको छैन। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार