अफगानानिस्तानमा भूकम्प : कम्तिमा २६ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौँ घाइते भएका छन् ।

भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भन्नुभयो ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ । यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ । क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।भूकम्पको असर पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार