यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ। उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका–५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन्।उदयपुरगढी गाउँपालिका–५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो।

गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।बसका चालक रौतामाई गाउँपालिका – ७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार