रहेनन् विश्वका सबैभन्दा ज्येष्ठ व्यक्ति

एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उहाँको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । उहाँ ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित हुनुभएको थियो । अर्को महिना उहाँले आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा हुनुहुन्थ्यो ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उहाँ पेसाले जुत्ता व्यापारी हुनुहुन्थ्यो । उहाँका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।​ गिनिज वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुनुहुन्छ । उहाँको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार