पूर्वमन्त्री साहद्वारा नागरिकताको समस्या समाधान गर्न माग

काठमाडौँ । नेकपा एमालेका नेता प्रभु साहले देशमा देखिएको नागरिकता चाँडै समाधान गर्नुपर्ने विचार ब्यक्त गर्नुभएको छ । सरिता साहद्वारा लिखित तथा निर्देशित ‘ढकियामे नागरिकता’ नाटक हेरेपछि प्रतिक्रिया दिँदै उहाँले नागरिकताका कारण देशमा देखिएको आमसमस्यालाई नाटकले सवल ढंगले उजागार गरेको बताउनुभयो ।

नेपालमा नागरिकताको समस्या धेरै पुरानो भए पनि राज्यले यसलाई समाधान नगरी जनतालाई पीडा दिइरहेको उहाँको भनाइ थियो । नाटकको माध्यमले पनि सरकारलाई एउटा दवाव दिइएको छ, नागरिकता नहुँदा जनताले कस्तो कस्तो समस्या भोगिरहेका छन्, कस्ता कस्ता पीडा भोग्न बाध्य छन् ।

ती सबै कुराको उजागर गरिएकाले कलामार्फत् समस्या उजागार गर्ने ‘ढकियामे नागरिकता’ नाटकका सम्पूर्ण टीमलाई उनले धन्यवाद ज्ञापन गर्नुभयो । नागरिकता विधेयक पाँच वर्षदेखि संसदमा अल्झिरहेको छ तर सरकारले पास गर्न नचाहेको बताउँदै उहाँले नागरिकता विधेयक पास नहोस् भनी षड्यन्त्र गर्ने दलहरु अहिले सरकारमा भएको आरोप साहले लगाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार