रत्नेचौरको तोरीबारी घुम्न जान रोक

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो ।

पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्यटकहरु पुगेका थिए । सवारी साधनको चापले गर्दा तोरीबारीको बिचमा रहेको पक्की सडकमा जाम नै भएको थियो । दिनदिनै भिडभाड बढ्न थालेपछि कोरोना जोखिमलाई लक्षित गर्दै फोटो खिच्न, टिकटक बनाउन तथा रमाउन जानेहरुलाई रोक लगाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक श्याम कुमार राईले बताउनुभयो ।

उहाँका अनुसार आज बिहानै देखि प्रहरीले गस्ती गरेको छ । घुम्न आएकाहरुलाई सम्झाएर फर्काइएको छ । प्रशासनले रोक लगाएपछि आज रत्नेचौरको तोरीबारी करिव सुनसान बनेको छ । तोरीबारीमा पर्यटकको घुँइचो लाग्न थालेपछि स्थानीयहर एकातर्फ खुसी र अर्को तर्फ तोरी मासिन्छकी भन्ने चिन्तामा परेका थिए ।

जिल्ला प्रशासनले कोभिड १९ संक्रमण नियन्त्रणका लागि भन्दै २५ जना भन्दा बढि भिडभाड नहुन अनुरोध गरिरहेको छ । जिल्ला स्थित सम्पूर्ण बिद्यालयहरुको पठनपाठन पनि बन्द भएका छन । मेला महोत्सव तथा सभा सम्मेलनहरु पनि रोकिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार