स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न त्रिपाठीको माग

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गर्नुभएको छ ।

अध्यक्ष त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्र भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा त्यसको कार्यान्वयन नभएको आरोप लगाउनुभएको छ।

आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न उहाँले माग गर्नुभएको छ । अध्यक्ष त्रिपाठीले पाँच दलीय सत्ता गठबन्धनले अगामी जेठसम्म स्थानीय तहको चुनाव सम्पन्न गराउने गरेको निर्णयलाई पनि स्वागत गर्नुभएको छ । उहाँले संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती रहेको उल्लेख गर्दै एकमुष्ट रुपमा संविधान संशोधन गर्न माग समेत गर्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार