थप ११२८ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय १५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार