दीर्घराज श्रेष्ठले जसपा छाडे, माओवादी केन्द्रमा प्रवेश

सिन्धुली । जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले पार्टी छाड्नुभएको छ । उहाँ आजबाट माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर उहाँ पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौंमा माओवादी पार्टी प्रवेश गर्नुभएको हो ।

श्रेष्ठ जिल्लाका पुराना माओवादी नेता पनि हुनुहुन्छ । तत्कालीन जसपा पार्टीमा उनी ३ नम्बर प्रदेश समितिका सहइन्चार्ज समेत हुनुहुन्थ्यो । जिल्लामा जसपा बनाउने अभियानका संयोजक समेत रहेका श्रेष्ठ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्रिय पात्र समेत मानिनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री भट्टराई भारतबाट अध्ययन सकेर नेपाल फर्केपछि सिन्धुलीका दीर्घराज श्रेष्ठ निरन्तर भट्टराईसँगै हुनुहुन्थ्यो ।

श्रेष्ठ माओवादीमा गएपछि भट्टराईको पार्टी जसपालाई नराम्रो झट्का लागेको जानकारहरु बताउँनुहुन्छ। श्रेष्ठले जसपा पार्टी छाडेपछि प्रतिक्रिया दिँदै जसपा सिन्धुलीका नेता अरुण आलेले भन्नुभयो, ‘दीर्घराज दाइको अभाव पार्टीमा रहने छ ।’सिन्धुली जिल्ला र केन्द्रका नेताहरूलाई आफू पार्टी छोड्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिनुभएको थियो।

तीन दिन पहिला पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट गरेर उहाँले आफुले पार्टी छोड्दै गरेको औपचारिक जानकारी दिएको बताउनुभयो।भट्टराईले जसपा ढिलोचाँडो बिस्तारै बन्ने अन्तँ जान हतार नगरेको भए हुने थियो भन्ने प्रतिक्रिया दिनुभएको थियो ।नयाँ शक्तिदेखि जसपासम्म पार्टी टुटफुट भइरहेकाले पार्टी बन्न समय लाग्ने निक्र्यौलका साथ श्रेष्ठ माओवादी प्रवेश गरेको प्रतिक्रिया दिनुभएको छ ।

श्रेष्ठले भन्नुभयो, ‘मेरा भाइहरु पनि जनयुद्धमा लाग्दा सहिद भएका छन । माओवादी पार्टीले पनि मलाई आवश्यक ठान्यो मैले पनि केही योगदान गर्न सक्छु कि भनेर यता लागेको हो ।’माओवादीमा लाग्दा के जिम्मेवारी पाउनुभयो रु भन्ने नागरिकखबरको प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘मैले पार्टीमा माग्ने कुरा हुँदैन, पार्टीले जे जिम्मेवारी दिन्छ त्यही कार्यान्वयनमा लाग्नेछु ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार