छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनक राज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्र प्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीस्थित सडकमा मे.१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–८ बस्ने २४ वर्षीय मनिष बिक र शहिदनगर नगरपालिका–१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका–२ सुकौरास्थित सडकमा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै ईलामको इलाम नगरपालिका–१० घट्टास्थित सडकमा ना.४ ख ६२४८ नम्बरको बस आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार बारा सिम्राहागण नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रदिप कुसुवाहको गाडीले च्याप्पीएर घटनास्थलमै मृत्यु भएको छ । गाडीमा ४४ जना सवार रहेकोमा दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ४० वर्षीय धुरुप कुसुवाह समेत ४ जनामध्ये ३ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनालाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ एन्फा नजिक सडकमा प्रदेश ३–०१–०२४ च ४१४७ नम्बरको गाडी आफैँ अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार माहांकाल गाउँपालिका–३ गोटिखेल घर भएका ६६ वर्षीय सन्त प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता लमजुङको दोर्दी गाउँपालिका(६ ताजेस्थित निर्माणाधिन सुपरदोर्दी हाईड्रोपावर सुरुङभित्र जाँदै गरेको मसला बोक्ने ट्रान्जिट मिक्चर अप्रेट गाडीमा फलामको रड अचानक खसेर लाग्दा चालक चितवन मेघौली बस्ने ३६ वर्षीय ईश्वर पुलामी मगरको गएराति मृत्यु भएको छ । चोट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेसिशहरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै फलामले लागेर घाइते भएका मिक्चरका अर्का चालक कैलाली जोसिपुर नगरपालिका–७ बस्ने २१ वर्षीय दिपेश दगौडा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार