बेनीमा पिपलको रुखबाट खसेर पुनको मृत्यु

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थाम बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार रुखबाट खसेर सख्त घाइते भएको पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मानिसको धेरै चहलपहल र भिडभाड हुने चोकमा रहेको पिपलको रुखको हाँगा भाँचिएर जोखिम बढेको थियो । थप अनुसन्धान जारी रहेको प्रनाउ राईले बताउनुभयो । पुन पर्वत बेनीमा बस्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार