धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो ।
गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
उहाँका अनुसार २०७८/७९ को पहिलो गाउँसभाले एम्बुलेन्स खरिदका लागि २० लाख बजेट विनियोज गरेको थियो । एम्बुलेन्स खरिदका लागि भारतबाट एम्बुलेन्स खरिदमा १० लाख ७९ हजार ७६५ र गाडीको सिट व्यवस्थापन, पाटेसन, अक्सीजन लगायतको प्रवन्ध गर्ने कार्यमा थप रु १ लाख २७ हजार खर्च भएको अध्यक्ष पुनले बताउनुभयो ।
‘अब केही दिनमा नै एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि, बनाउने, समिति गठन गनुपर्ने छ ।’ उहाँले भन्नुभयो, सतप्रतिशत गाउँपालिकाले मर्मत सम्भार गर्दा छिटो बिग्रिने र त्यसको सुरक्षा कम हुने भएकाले हामीले पालिकाका जनतालाई न्यूनतम शुल्कमा सेवा सुविद्या दिने गरि सञ्चालन गर्ने छौँ ।
एम्बुलेन्स सञ्चालनका लागि चालक गाउँपालिकाले नै राख्ने भएको छ । जिल्लाका गाउँपालिकाहरु मध्ये धवलागिरीले आफ्नै लगानीमा एम्बुलेसन्स सञ्चालन गर्न लागेको हो । गाउँपालिकामा एम्बुलेन्स नहुदा विरामीले नीजि गाडी महँगो भाडा तिरेर बिरामी सदरमुकाम बेनी आउने गरेका थिए । गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा आएपछि न्यून आयश्रोत भएका र गरिबहरुका लागि निक्कै उपयोगी हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार