एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा

काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिनुभएको छ ।नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँ रेजर्सका निर्देशक रहनुभएको शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाउनुभएको छ ।

नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उहाँले बताउनुभएको छ। ‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्बलको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अफ्ठेरा आउनसक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ,’ उहाँले राजीनामा पत्रमा भन्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार