नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)

धनिलाल गर्बुजा

दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुहुन्छ।

कार्यसमितिको उपाध्यक्षमा पोष्ट बहादुर बिक, महिला उपाध्यक्षमा गंगा घर्ती, सचिवमा लिल बहादुर सुनार, सचिव अर्थमा कृष्ण बहादुर पुन, सह–सचिवमा बिर बहादुर खड्का, सह–सचिव महिला अरुणिमा अर्मजा, सह–सचिव अर्थ दिपेन्द्र जिसी, सह–सचिव समाबेशी गगन रोका, सह–सचिव समाबेशी रेशम नेपाली, चयन हुनु भएको छ।

यसैगरी सदस्यहरुमा रामकुमारी पुन, लीलसरा फगामी पुन, सुर्यमायाँ रोका, जिबन कुमार पुन, सन्तोष पुुन, रुम देबी पुन, ललित पुन, चन्द्रकली सापकोटा, चिरन घर्ती, खड्क कुमारी गौचन, राजेन्द्र बिक, रुकमायाँ घर्ती, केसरी घर्ती र नारायण भट्टराई चयन हुनुभएको छ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठले सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सामाजिक ,राजनितिक परिवर्तजनका लागि शिक्षकको भुमिका महत्वपुर्ण भएको बताउनुभयो। शिक्षकहरुको पेशागत हकहित र समाजका हरेक सामाजिक तथा राजनिक विकृतीहरुलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्न शिक्षक संघ जागरुक हुनुपर्नेमा जोड दिनुभयो। आगमी निर्वाचनमा पार्टीलाई जिताउन शिक्षक सहित सबै एक भएर लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा ‘ख’का सभापति टंक पुन, मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, नेपाल शिक्षक संघ म्याग्दीका निबर्तमान अध्यक्ष दुर्गारमा सुवेदी, जनप्रिय माविका प्रअ दिवाकर सुवेदी, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र बहादुर खत्री, नेपाली कांग्रेस प्रदेश सभा ‘ख’का सचिब हिरा पुन, नेपाली कांग्रेस मालिका गाउँपालिका सभापति खिम पुन लगायतले बालबालिकाको सुन्दर भविश्य निर्माण गर्न शिक्षकको भुमिका महत्वपुर्ण भएको उल्लेख गर्नुभयो। शिक्षकहरु आफ्नो पेशाप्रति इमान्दार भएर लाग्न आग्रह गर्नुभयो। उहाँहरुले शिक्षक समाजको अगुवा भएकाले समाजमा भएका हरेक कुरिती ,अन्धविश्वास र विकृतीलाई निरुत्साहित गर्दै सुन्दर समाज गर्न निर्माणमा जोड दिनुभयो ।


यसैगरी मालिका गाउँपालिका वडा नम्बर ५का अध्यक्ष पिपला बुढा, नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष गुन पुन (गुञ्जन), नेपाल शिक्षक संघ धौलागिरी गाउँपालिका अध्यक्ष रमेशराज पौडेल, गाउँपालिका वडा नम्बर ६का ईकाई सभापति श्रीदत्त गौतम, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी देबिका बुढा र मालिका गाउँपालिका वडा नम्बर २का ईकाई सभापति तारा रोका लगायतले बोल्नुभएको थियो।

शिक्षक संघ मालिका गाउँपालिका निवर्तमान अध्यक्ष गोपाल प्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष गंगा घर्तीको स्वागत तथा दिल सुनारले संचालन गर्नुभएको कार्यक्रममा अर्थ कोषाध्यक्ष तथा राष्ट्रिय मावि रुमका शिक्षक कृष्ण पुनले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार