प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

साधन राम्जाली
बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो ।

कोरलादेखि त्रिबेनी मोक्षधाम सम्मको सडक निर्माणलाई तिब्रता  दिइएको बताउनुभयो । ‘धार्मिक पर्यटकको आगमनलाई बढाउन धार्मिक सर्किटको रुपमा मुक्तीनाथ–लुम्बनी –जनकपुर – विन्धबासीनी– मुक्तिनाथ रहेका छन् । सबै धार्मिक स्थललाई जोडेर भोलिका दिनमा धार्मिक पर्यटकलाई बृद्धी गर्ने प्रदेश सरकारको मुख्य उद्धेश्य हो ,’मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले धार्मिक क्षेत्रमा पनि रचनात्मक प्रतिस्पर्धा हुन जरुरी रहेको बताउनुभयो । खुल्ला समाज र खुल्ला व्यवस्थामा भएकोले हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो ।‘हामी सबै खुल्ला समाज ,खुल्ला व्यवस्था र समानताका आधारमा अगाडी बढ्न चाहन्छौं , यसका लागि हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुन जरुरी छ ,’ उहाँले भन्नुभयो । समाज विकास र परिवर्तनमा धार्मिक गुरुहरुको महत्वपुर्ण भुमिका रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले कालिगण्डकी सबैको आस्था,धरोहर ,संस्कृति र सभ्यता भएको बताउँदै कालिगण्डकीको सांस्कृतिक विकासको लागि प्रदेश सरकारले पहल थालेको बताउनुभयो । कालिगण्डकी शालिग्राम पाइने पवित्र नदी भएकोले गण्डकी प्रदेशलाई शालिग्राम मार्फत विश्व सामु चिनाउने अभियान थालिएको बताउनुभयो ।गण्डकी प्रदेश बहुधार्मिक,बहुभाषिक ,बहुजातिय र बहुसांस्कृतिक भएकोे उहाँले बताउनुभयो । ‘गण्डकी प्रदेश भित्र सबै चिजमा विविधता जुन छ त्यो भित्रको एकता सबै धर्मालम्बीहरुको आस्था ,विश्वास ,केन्द्रको रुपमा अगाडी बढाउन चाहन्छौं,यसमा यहाँहरुको पनि सहयोग रहनेछ ,’ उहाँले भन्नुभयो ।

यसैगरी मद्येस प्रदेशको भ्रमण गरी फर्किनुभएका मुख्य मन्त्री पोखरेलले ३ दिनको बीचमा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेर धेरै जानकारी हासिल गरेको बताउनुभयो । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रबद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । लक्ष्मीहरि भगवान मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महोत्सव आगमी ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव’ सञ्चालन हुने मन्दिरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।प्रचारप्रसार संयोजक विक्रम बोगटीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शमा,कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका पुर्व सभापति रेशमबहादुर बानियाँ ,उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल लगायतले बोल्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार