आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते हुनुभएको छ ।   

सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार,मृतक बाेहराका भाईको स्वास्थ्य अवस्था पनि गम्भिर रहेको छ ।मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउन लागिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली ,स्थानीयबासी ,युवा क्लब ,लायन्स क्लब ,रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि घाइते बोहरालाई थप उपचारको लागि हेलिकप्टर मार्फत पाेखरा स्थित जिएमसी अस्पताल लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो । दरबाङ बजारबासी ,लायन्स क्लब ,दरबाङ विपद् व्यवस्थापन समिति ,जनप्रतिनिपध ,संघ संस्था र स्थानीयबासीको सहयोगमा प्रभु हेलीकप्टर मार्फत पाेखरा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार