कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका जिल्लामा पहिलो

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकमा एक सय पूर्णाङ्कमा राखेर गरेको मूल्याङ्ककनमा मंगला गाउँपालिकाले ६६.३५ अंक प्राप्त गरको छ ।

त्यस्तै बेनी नगरपालिकाले ६५.८९, रघुगंगाले ६३.१०, मालिकाले ६२.६४, अन्नपूर्णले ६२.१४ र धौलागिरीले ६१.९६ प्रतिशत अंक प्राप्त गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख भएको छ । वित्त आयोगले विद्युतीय पोर्टल तयार गरेर विवरण माग गरेको र त्यस अनुसार पठाईएको विवरणको आधारमा मंगला गाउँपालिकाले जिल्लाका पालिका मध्य सवै भन्दा धेरै अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङगानाले बताउनुभयो ।

पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा सम्पादन गरेको कार्य प्रगतिको आधारमा मंगला पहिलो भएको हो । चालु र पूजिगत वजेट खर्च प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, बिकास निर्माण, प्रशासनिक, सामाजिक प्रगति, कार्यपालिकाको वैठक लगाएतका १७ वटा सूचकको आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो । मूल्यांकनकै आधारमा आयोगले आगामी आर्थिक बर्षको वजेटका लागि संघलाई सिफारीस गर्ने र वढि अंक प्राप्त गरेका पालिकालाई रकम थप हुने अधिकृत ढुङगानाले बताउनुभयो ।

गत आर्थिक बर्षमा गण्डकी प्रदेश सरकार र पालिकाको गरि कुल एक करोड दश लाखको लागतमा गाउँपालिकाको केन्द्र बावियाचौरमा ६५० मिटर सडक कालेपत्रे गरिएको थियो । त्यस्तै तिन वर्षे योजना अन्तर्गत सातविसे बरंजा सडक स्तरउन्नतिको कार्य भइरहेको छ । कृषितर्फ २० वटा आधुनिक बाख्रा खोर निर्माणका लागि चालिस लाख अनुदान उपलब्ध गराएको पालिकाले धान पकेट र आलु पकेट क्षेत्र घोषणा गरि कार्यक्रम संचालन गरेको थियो । मंगला इन्द्रेणी पार्क र संग्राहलय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार