युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न लागेका हौं : कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताउनुभएको छ ।

बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उहाँको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि व्यवस्थित हुने उहाँले बताउनुभयो ।

‘युट्युबलाई नियन्त्रण गर्ने होइन। नियमन गर्न नयाँ नियम बनाएको हो। यसले युट्युबलाई थप व्यवस्थित गर्छ,’ उहाँले भन्नुभयो, ‘युट्युब चलाउनका लागि तोकिएको रकमका विषयमा छलफल गरेर निर्णय गर्न सकिन्छ।’उहाँले युट्युवलाई नियमन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप व्यवस्थित गर्न खोजिएकोसमेत दाबी गर्नुभएको थियो। setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार