देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)

लिला पुर्जा 

बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो ।

विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्डेशन सदस्य Breann Mcculloc ले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले सोलार पावर जडानले स्वास्थ्य चौकीमा थप सहज हुने बताउँदै सहयोगको लागि फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सोलार जडान पछि बिरामीलाई सेवा प्रदान गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । सोलार पावरले विशेषगरी स्वास्थ्य प्रयोगशाला, एक्सरे तथा अन्य विद्युतीय सामाग्री संचालनमा उपयोगी हुने अध्यक्ष रोका मगरको भनाई थियो ।स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरुलाई थप प्रभावकारी र गणस्तरीय बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष बुढाले सोलार पावर जडानले स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

गिभ पावर फाउण्डेशसनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान भएपछि स्वास्थ्यचौकीमा थप सहयोग पुगेको स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र राना मगरले बताउनुभयो ।सहायक संस्थाहरु solar school , Sunbridge solar र Bell Solar हुन् । गिभ पावर फाउण्डेशनका ११ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्याक्रम र नैमती बाजा प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार