नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा पदस्थापन भइ आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी तालिमको आज काठमाडौँमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पूरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताउनुभयो ।

उहाँले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापीसम्बन्धी कामहरुलाई प्रविधिमैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्रालय, विभाग र कार्यालयहरुले, जनजीविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाहको गर्ने हुँदा सार्वजनिक सेवा प्रवाह गर्दा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न पनि मन्त्री श्रेष्ठले नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनुभयो।

मन्त्री श्रेष्ठले सेवाप्रवाह गर्दा कसैको पनि दबाब र प्रभावबाट मुक्त भइ मितव्यायी, प्रभावकारी र जबाफदेही भएर कार्य गर्नसमेत अग्रह गर्नुभयो । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमार्फत् सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा ७ दिने तालिम दिइएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार