काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो ।
गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गरिएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा व्यवस्थापनमा लक्ष्मी क्यापिटल रहेको छ । सेयर नतिजा कम्पनीको आधिकारिक वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सकिनेछ ।रातोपाटीबाट