![](https://myagdinews.com/wp-content/uploads/2022/01/nainising.jpg)
काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठबन्धनले आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।
‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उहाँले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताउनुभयो । ‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन ।
पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ । यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ । ५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताउनुभयो । नागरिक खबरबाट