म्याग्दी। संघिय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उहाँको भनाई थियो ।
आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो ।
‘हामी तराई देखि हिमालको फेदीसम्म हे¥र्यौ भने आदिवासी जनजातीको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँहरुप्रति सरकार धन्यबाद ज्ञापन गर्न चाहन्छ’,उहाले भन्नुभयो ।
नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । छन्त्याल समुदायको पुख्र्यौली पेशा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन् गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो ।
याे पनि
खानीले तत्कालिन समयमा नेपालको आबश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खनन्को क्रममा पनि आदिवासी जनजातिहरुसंगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयको भावना र चाहना समेटीनुपर्छ, स्थानीयको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन् हुन्छन’,गृहमन्त्री खाँणले भन्नुभयो । नेपाल भुगोलको रुपमा सानो रहेपनि संस्कृति, धर्म, भाषा, भुगोल र जातिय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राख्नुभयो । उहाँले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
आदिवासी जनजातिहरुको मौलिक पर्वहरुमा सरकारले विदा दिएको उल्लेख गर्दै उक्त विदालाई आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय पर्वको रूपमा मनाउन आह्वान गर्नुभयो । कार्यक्रममा नेपाल छन्त्याल संघका केन्द्रीय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याले छन्त्याल समुदायको भाषा ,कला र संस्कृती जातिय पहिचान भएको बताउनुभयो । छन्त्याल समुदायबाट राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । छन्त्याल समुदायको भाषा ,कला र संस्कृतिको प्रवद्र्धन गर्न राज्य र युवा पुस्ताले ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जेन लामा शेर्पा ,गण्डकी प्रदेश अध्यक्ष खिमबहादुर छन्त्याल ,भुपु अध्यक्ष तथा संरक्षक परिषदका संयोजक मनिचन छन्त्याल ,महिला संघकी अध्यक्ष मनमाया छन्त्याल लगायतले बोल्नुभएको थियो ।बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन गरिएको हो । झाँकी सहितको ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सम्पन्न भएको थियो ।
याे पनि….
महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयौंको सख्ंयामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो । महाधिवेशनको बन्द सत्रमा करिब १२ जिल्लाबाट आएका करिब ४ सय बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका महासचिव महासचिव बलमान छन्त्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत जिल्ला अध्यक्ष रेशम छन्त्याल भएको थियो भने संचालन महासचिव छन्त्यालले गर्नुभएको थियो । नेपाल संघलाई स्थापनाकालदेखि नै सहयोग गर्दै आएका पुर्व अध्यक्ष र महासचिवहरुलाई सम्मान गरिएको थियो । लोक गायिका मनु छन्त्याललाई पनि सम्मान गरिएको थियो ।