मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने

बेनी। नेपाली काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने भएको छ ।  काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोका मगरलाई ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ।  युवाहरु माझ लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ । कांग्रेस म्याग्दीको यसअघि सम्पन्न जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मत प्राप्त गरी विजयी हुनुभएका युवा नेता रोका मगर तरुणदल म्याग्दीका उपाध्यक्ष हुनुहन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार