माओवादी संग तालमेल हुँदैन : एमाले म्याग्दी

म्याग्दी । नेकपा एमाले म्याग्दीले आगमी स्थानीय तहको निर्वाचनमा माओवादी संग कुनै पनि हालतमा तालमेल नगर्ने बताएको छ । शनिबार म्याग्दी न्युज डटकममा प्रकाशित समाचारको खण्डन गर्दै एमाले म्याग्दीका सचिव सुरज केसीले यस्तो कुरा बताउनुभएको हो । उहाँले सत्तारुढ दल नेकपा माओवादी केन्द्र संग स्थानीय तहकाे चुनावमा तालमेलको लागि कुनैपनि भेटघाट तथा छलफल नभएको स्पष्ट पार्नुभयो ।

एमाले म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा नेकपा एमाले एक्लै लड्ने तयारीमा रहेकाले कसैसंग तालमेल आवश्यक नभएको उहाँको भनाई छ । ‘नेकपा एमाले पालिका तथा वडाहरुबाट सिफारिस भएर आएका उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा जुटिरहको छ, तालमेलको बिषयमा सोचाई समेत बनाएका छैनौँ ,’ सचिव केसीले भन्नुभयो ।

म्याग्दी न्युज डटकमले विश्वस्त स्रोतले दिएको सुचनाको आधारमा ‘स्थानीय तह निर्वाचन ः म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।चुनावी तालमेलका बिषयलाई लिएर बिपक्ष कुनैपनि दल वा नेताहरु संग आधिकारिक रुपमा भेटवार्ता तथा सम्वाद नगरिएको सम्वन्धी नेकपा एमालेले यसअघि पनि विज्ञप्ती प्रकाशित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार