नेकपा एमाले मंगला–४मा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ । खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्गे पुन, देउ बहादुर फगामी, भुवानी रोका थापा र दलित महिला सदस्यमा दिलमाया बिश्वकर्मालाई उम्मेदवार चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् मंगला –४ का ईन्चार्ज कलाधर कडेँलले जानकारी दिनुभयो ।

अध्यक्षका उम्मेदवार बुढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघका जिल्ला सदस्य हुनुहृ्न्छ । कक्षा १२ उतिर्ण गर्नुभएकी बुढाथोकी शिक्षित, बैचारिक र क्षमतावान महिला हुनुहुन्छ ।

गाउँका विभिन्न सामाजिक गतिविधिमा अग्रसर बुढाथोकीको क्षमता, क्रियाशिलता र योग्यतालाई समेत ध्यानमा राखेर वडा अध्यक्षको उम्मेदवार चयन गरिएको ईन्चार्ज कँडेलले बताउनुभयो ।

महिलालाई नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने मान्यता अनुसार पनि एमालेले उहाँलाई अघि सारेको हो, कँडेलले भन्नुभयो । एमालेबाट वडा नम्वर ४ मा उम्मेदवार बनेका अध्यक्ष तथा सदस्यहरु सवै शिक्षित, र समाजमा स्थापित तथा परिचित व्यक्तिहरु भएकाले जित सुनिस्चित भएको कँडेलको भनाई छ ।

अध्यक्षको उम्मेदवार बुढाथोकीले वडा नम्वर ४ को समग्र विकासका लािग आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । बिशेषगरि महिला शसक्तिकरण तथा सामाजिक र सांस्कृतिक परिवर्तनका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर वडाको विकासमा अग्रसर हुने उहाँको योजना रहेको छ । १ मतदान स्थल र २ मतदान केन्द्र रहेको मंगला ४ मा १ हजार ३ सय ९८ मतदाता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार