![](https://myagdinews.com/wp-content/uploads/2022/04/rajkishor.png)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले सत्ता गठबन्धनको भागबण्डामा असन्तुष्ट भएपनि व्यवस्थापन गरिने बताउनुभएको छ । चुनावी तालमेलमा जसपाभित्र विराटनगर महानगरपालिका र नेपालगञ्ज उपमहानगर पालिकामा भइरहेको असन्तुष्टि समयमै व्यवस्थापन गरिने यादवले दाबी गर्नुभयो।
‘पार्टीका साथीहरुले लामो समयदेखि मेहनत गरेर संगठन बनाएका हुन्छन् । उम्मेदवार हुने नेताहरु धेरै हुन्छन् । साथीहरुको रिपोर्ट संगठनको जनाधार राम्रो छ मजबुद छ । छोड्नु हुँदैन भन्ने भन्ने थियो’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘गठबन्धनमा भएपछि कहीँ छोड्नुपर्ने बाध्यता भयो । त्यसैले चाहँदा चाहँदै पनि नेपालगञ्ज र विराटनगर छोड्नुपर्यो ।
गठबन्धन जोगाउनुपर्ने भएरै जसपाको प्रदेश एक र लुम्बिनीमा प्रमुख पद खाली भयो ।’ नेपालगञ्ज र विराटनगरका साथीहरुलाई कतै व्यवस्थापन गरेर भएपनि गठबन्धन जोगाउनुपर्ने यादवले बताउनुभयो । महानगरमा जसपाले वीरगञ्ज प्रमुख र विराटनगर उपप्रमुख लिएको छ । उपमहानगरमा जनकपुर प्रमुख र नेपालगञ्ज र कलैया उपप्रमुख मात्रै लिएको छ । रातोपाटीबाट