रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसले युवा नेता शेरपुजा मगरलाई दोहो¥याउने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा कांग्रेसले वर्तमान वडा अध्यक्ष मनकुुमार शेरपुजा मगरलाई दोहो¥याउने भएको छ । शुक्रबार बसेको बैठकले जनप्रतिनिधिमा कुशल नेतृत्वको पहिचान बनाउनुभएका वडा अध्यक्ष एवं युवा नेता शेरपुजा मगरलाई अध्यक्षमा पुन: उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

शेरपुजा मगर कांग्रेस रघुगंगा गाउँपालिका सभापति समेत हुनुहुन्छ । युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित शेरपुजा मगर ०७४को निर्वाचनमा लोकप्रिय मत सहित वडा अध्यक्षमा विजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार