रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो

मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ ।

जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै पालिकाको वडा न १ को अध्यक्षमा बिलबहादुर फगामी, महिला सदस्यमा सोभिता पुन, दलित महिला सदस्यमा रुपा नेपाली दर्जी, खुल्ला सदस्यमा भक्तबहादुर शेरपुजा र बलमान गौचन, २ को अध्यक्षमा लोक बहादुर भण्डारी, सदस्यमा रुद्रबहदुर भण्डारी, गोकर्ण भण्डारी, शोभा परियार, डेककुमारी श्रेष्ठ भण्डारी, ३ को अध्यक्षमा अशोक शाहीले उम्मेद्धारी दिए पनी सदस्यहरुको टुङ्गो लागेको छैन ।

त्यस्तै वडा नं। ४ को अध्यक्षमा पविन गर्बुजा, सदस्यहरुमा क्रमश कुमारी पुर्जा गर्बुजा, आरती विश्वकर्मा, चित्र बहादुर गर्बुजा र राजकुमारी गुर्बजा, वडा नं। ५ मा अध्यक्षमा मनबहादुर शेरपुञ्जा, सदस्यहरुमा ढिलु थजाली, धनमाया गोतामे घताने, रामबहादुर थजाली डमबहादुर रोका, वडा न ६ को अध्यक्षमा मन कुमार शेरपुजा सदस्यहरुमा मिना पुन, लिर्मला बिक, टेकजित छन्त्याल, दलप्रसाद पुनले उम्मेद्धारी दिएका छन् ।
त्यसैगरी वडा नंं ७ मा अध्यक्षमा बेगबहादुर पुन, सदस्यहरुमा बुद्धिमाया पुन, सितल विक, धनबहादुर पुन, इन्द्र पुन मगर र वडा नं। ८ को अध्यक्षमा गमान छन्त्याल, सदस्यमा प्रिति गर्बुजा, यामकुमारी गोतामे, च बहादुर छन्त्याल र अगेन्द्र छन्त्यालले उम्मेद्धारी दर्ता गराएका हुन् ।
उम्मेद्धारी दर्ता गर्नुअघि काँग्रेसले गाउँपालिकाको केन्द्र मौवाफाँटमा बाजा गाजा सहित ¥याली गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार