१३ दलको समानुपातिक बन्दसूची संशोधन

काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ ।उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो ।

समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन पाउँदैनन् । समानुपातिक सूचीमा रहेका तर स्थानीय तहमा उम्मेद्वारी दिन रुचि देखाएकाहरुका लागि दलहरुले बन्दसूचीबाट नाम हटाइदिन निर्वाचन आयोगमा अनुरोध गरेका थिए ।

निर्वाचन आयोगका अनुसार, आइतबार अपरान्हसम्म विभिन्न १३ दलले पटक-पटक गरी सूचीबाट उम्मेद्वारहरुको नाम हटाउन अनुरोध गरेकाले नाम हटाउने निर्णय गरेको आयोगले जनाएको छ । बन्दसूचीबाट नाम हटेपछि मात्रै उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्नेछन् ।उनीहरुको बारेमा प्रश्न उठेमा आयोगले निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाई बन्दसूचीमा नाम रहेरनरहेको बारे जानकारी दिनसक्छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार