ललितपुरको मेयरमा कांग्रेसको उम्मेद्वार महर्जन

काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ। सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयर उम्मेदवार बनाउनुभएको छ ।

‘मेयरको टिकट पाएको जानकारी मलाई भर्खरै प्राप्त भएको छ,’ चिरीबाबुले भन्नुभयो । उहाँले केहीबेरमा उम्मेदवारी दर्ता गर्ने बताउनुभएको छ । उनी ०७४ को स्थानीय चुनावबाट पनि मेयर निर्वाचित हुनुभएको थियो । ललितपुरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार